संगालोखबर


धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिकाबाट एक सय पाँच किलो गाँजासहित एक जना पक्राउ परेका छन् । बुधबार राति सहिदभूमि-१ का २६ वर्षीय अभिषेक विकलाई प्रहरीले पक्राउ गरेको हो ।

को १ ह ९१३३ नम्बरको अटोमा सात वटा बोरामा प्याक गरेर रातमाटेतर्फ लैजाँदै गरेको अवस्थामा उनलाई पक्राउ गरिएको धनकुटा प्रहरीका प्रवक्ता ओमप्रकाश खनालले जानकारी दिए । उनलाई इलाका प्रहरी कार्यालय छिन्ताङबाट खटिएको गस्ती टोलीले पक्राउ गरेको हो ।

Advertisement

अटो र गाँजासहित पक्राउ परेका विकलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । उनका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रवक्ता खनालले बताए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!