संगालोखबर


विराटनगर । झापामा पत्नी मृत र पति घाइते अवस्थामा फेला परेका छन् । ताप्लेजुङ घर भई कनकाई नगरपालिका-५ नारायणदल चोकमा डेरा गरी बस्ने अन्दाजी ४० वर्षीया मनिषा मंग्राती मृत भेटिएकी हुन भने उनका पति अन्दाजी ३९ वर्षीय लालबहादुर सार्की घाइते अवस्थामा फेला परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार करिब तीन महिनादेखि उनीहरू स्थानीय योगेन्द्र बस्यालको घरमा डेरा गरी बस्दै आएका थिए । आज बिहान करिब ७ः३० बजे घटनास्थलमा पुगेको प्रहरी टोलीले मनिषालाई सोही घरको कोठामा झुन्डिएर घाँटीमा निलडाम भएको अवस्थामा फेला पारेको थियो ।

Advertisement

धारिलो हतियार प्रहार गरेर हत्या भएको सूचना पाएको प्रहरीले घाँटीमा पासोको डाम भएको जनाएको छ । काठको बलोमा पासो लगाएर पछि खोलिएको हुनसक्ने प्रहरीको अनुमान छ ।

अर्को कोठामा घाँटीमा धारिलो हतियार रेटिएर घाइते भएको अवस्थामा लालबहादुरलाई फेला पारिएको प्रहरीले जनाएको छ । उनको बिर्तामोडस्थित बीएन्डसी अस्पतालमा उपचार भइरहेको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!