संगालोखबर
सांकेतिक तस्वीर

विराटनगर । भारतमा गाडी दुर्घटना हुँदा तीर्थयात्रामा गएका चार नेपालीको मृत्यु भएको छ । दाङका तुलसीपुरबाट तीर्थयात्राका लागि गएको यूपी ३१ एसी ७२०० नम्बरको गाडी बिहीबार बेलुका भारतको बहराइचमा दुर्घटना भएको हो ।

दुर्घटनामा गाडी चालक तुलसीपुर उपमहानगरपालिका-७ पर्सेनीका ३७ वर्षीय युवराज चापागाईँ र वडा ७ का जितबहादुर वलीसहित चार जनाको ज्यान गएको जनाइएको छ ।

Advertisement

ज्यान गुमाएका तुलसीपुरकै अन्य दुई जनाको परिचय खुल्न बाँकी छ । गाडीमा नौ जना सवार रहेकामा घाइते पाँच जनाको भारतमा नै उपचार भइरहेको जनाइएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!