विराटनगर । संखुवासभामा टेम्पो चोरी गरेर फरार भएका एक व्यक्ति पक्राउ परेका छन् । खाँदबारी नगरपालिका-९ का १८ वर्षीय हरि मंग्रातीलाई जिल्ला प्रहरी कार्यालय संखुवासभाले पक्राउ गरेको हो ।
मंग्रातीले गत भदौ ५ गते खाँदबारी नगरपालिका-८ विष्णेधारामा हिराधन राईले आफ्नै घरअगाडि पार्किङ गरेर राखेको को २ ह १५५० नम्बरको टेम्पो चोरी गरेको उजुरी परेको थियो ।
उनलाई जिल्ला अदालत संखुवासभाले गत मंसिर ९ गते तीन महिना नौ दिनको कैद सजाय सुनाएको थियो । सोही अनुसार उनलाई फैसला कार्यान्वयनका लागि अदालतमार्फत कारागार चलान गरिएको संखुवासभा प्रहरीले जनाएको छ ।