संगालोखबर


धनकुटा । धनकुटामा आगामी बैशाख ५ गतेदेखि भलिबल उत्सव हुने भएको छ । जिल्ला भलिबल सङ्घ धनकुटाको आयोजनामा उत्सव हुन लागेको हो ।

धनकुटा नगरपालिका-५ स्थित तल्लो टुँडिखेलमा हुने उत्सवमा जिल्लाका ६० वटै वडाका पुरुष तथा महिला भलिबल खेलाडीको सहभागिता हुने आयोजकले पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ ।

Advertisement

उत्सव अन्तरगत वडा र पालिका स्तरीय महिला भलिबल प्रतियोगिता हुने जिल्ला भलिबल सङ्घका अध्यक्ष गौरव कार्कीले जानकारी दिए । यसैगरी स्थानीय उत्पादनको प्रदर्शनीसँगै विभिन्न सांस्कृतिक कार्यक्रमको आयोजना समेत गरिने जनाइएको छ ।

खेलाडी उत्पादन तथा छनोट गर्ने, कला संस्कृति जगेर्ना र प्रदर्शन गर्ने उद्देश्यले भलिबल उत्सव गर्न लागिएको सङ्घका वरिष्ठ उपाध्यक्ष गणेश पाण्डेले बताए । जिल्लाका सात वटै पालिकाका ६७ वटा टिमलाई उत्सवमा समेटिने उनको भनाइ छ । उत्सव बैशाख २० गतेसम्म सञ्चालन हुनेछ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!