संगालोखबर


धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका-६ भेडेटारबाट गाँजासहित एक जना पक्राउ परेका छन् । आज बिहान ११ः५० बजे इलाका प्रहरी कार्यालयबाट खटिएको टोलीले चेकजाँचका क्रममा सहिदभूमि गाउँपालिका-७ का ३२ वर्षीय चिरञ्जीवी राईलाई पक्राउ गरेको हो ।

उनी खाँदबारीबाट विराटनगरतर्फ जाँदै गरेको को १ ख ३८०४ नम्बरको बसमा जेब्रा झोलासहित गुठीटारबाट चढेका थिए ।

Advertisement

बसको सिटमुनि राखिएको झोला चेकजाँच गर्दा १५ किलो गाँजा भेटिएपछि उनलाई पक्राउ गरिएको धनकुटा प्रहरीका प्रवक्ता ओमप्रकाश खनालले जानकारी दिए ।

उनी बसमा चढेपछि प्रहरीले शङ्कास्पद व्यक्ति चढेको भन्ने विशेष सूचना पाएको थियो । उनका सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!