
विराटनगर । सुनसरीमा चार्जमा राखिएको सिटी सफारीबाट करेन्ट लाग्दा एक बालिकाको मृत्यु भएको छ । भोक्राहा नरसिंह गाउँपालिका-६ साहु टोलका सुदीप साह की तीन वर्षीया छोरी चन्दाको मृत्यु भएको हो ।
छिमेकीको घरमा चार्जमा राखिएको सिटी सफारीमा खेल्ने क्रममा अचानक करेन्ट लाग्दा बालिका घाइते भएकी थिइन् । उपचारका लागि जिल्ला अस्पताल लैजाने क्रममा उनको बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।
शव पोष्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा लगिएको र घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।