संगालोखबर
सांकेतिक तस्बीर

विराटनगर । इलाममा १५ दिनदेखि हराइरहेकी किशोरीको शव गाडिएको अवस्थामा फेला परेको छ ।  फाकफोकथुम गाउँपालिका-३ सल्लेरीकी १९ वर्षीया विमला कट्टेलको शव सोही गाउँपालिकाको गोलाइ भन्ने स्थानमा फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालय इलामका प्रवक्ता डीएसपी मानबहादुर राईका अनुसार कट्टेलको शव आज बिहान उत्खनन् गरिएको छ । उत्खनन् पश्चात शव पोष्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा पठाइएको डीएसपी राईले जानकारी दिए ।

Advertisement

‘चैत १ गते बुहारी हराएको भनेर ससुराले प्रहरीमा निवेदन दिनुभएको थियो’, डीएसपी राईले संगालोखबरसँग भने, ‘हामीले खोजी कार्य गरिरहेका थियौँ । मृतककै श्रीमानमाथि शङ्का लागेर अनुसन्धान गर्दै जाँदा गाडेको अवस्थामा शव फेला पारेका हौँ ।’

डीएसपी राईका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा हराएको भनेकै दिन उनको हत्या भएको खुलेको छ । मृतकका श्रीमान अन्दाजी २५ वर्षीया उमेश गिरीलाई पक्राउ गरेर जिल्ला प्रहरी कार्यालयमा ल्याइँदै गरेको उनले जानकारी दिए । अनुसन्धानपछि बाँकी कुरा खुल्ने डीएसपी राईले बताए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!