विराटनगर । सुनसरीको इटहरीमा रहेको व्यापारिक भवन सेन्ट्रल प्लाजामा भएको आगलागीमा फसेकाहरूको उद्धारका लागि हेलिकोप्टर परिचालन गरिएको छ । नेपाली सेनाको हेलिकोप्टर परिचालन गरेर आगलागीमा फसेकाहरूको उद्धार गरिँदैछ ।
आगलागीमा पसेका ११ जना मध्ये ९ जनाको उद्धार भइसकेको र बाँकी २ जनाको उद्धार कार्य जारी रहेको जनाइएको छ । इटहरी उपमहानगरपालिका-६ मा रहेको सेन्ट्रल प्लाजाको पाँचौँ तलामा आगो लागेको हो ।
उक्त भवनमा बिहान ९ बजेर ३० मिनेटको समयमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । आगो नियन्त्रणका लागि १२ वटा दमकल प्रयोग गरिएको छ ।