गुडिरहेको गाडी घरभित्र पसेपछि…
इलाम । मेची राजमार्गको इलाम नगरपालिका–७ मा पर्ने कुलधारा भन्ने स्थानमा गुडिरहेको स्कारपियो गाडी घरमा पसेको छ । झापातर्फ गइरहेको गाडी मंगलबार अपराह्न घरमा पस्दा एकजना बालक घाइते भएका छन् ।
प्रदेश १–०२६ च ०७१७ नम्बरको स्कारपियो गाडी अनियन्त्रत भइ स्थानीय बानियाँ ट्रेडर्स रहेको घरमा पसेको प्रहरीले जनाएको छ । गाडीको ठक्करले सडक किनारमा पार्किङ गरी राखिएका केही मोटरसाइकलमा क्षति पुगेको छ ।
यसैगरी, ...































