संगालोखबर


विराटनगर । इटहरीको सेन्ट्रल प्लाजामा भएको आगलागी करिब ६ घण्टापछि नियन्त्रणमा आएको छ । आज बिहान करिब ९ः३० बजेबाट सुरु भएको आगलागी दिउँसो ३ः३० बजे नियन्त्रणमा आएको सुनसरीका एसपी सुमनकुमार तिम्सिनाले जानकारी दिए ।

आगलागीमा पसेका ११ जनाको नेपाली सेनाको हेलिकोप्टर र सुरक्षाकर्मीको टोलीले उद्धार गरेको थियो । इटहरीका व्यावसायी राजेश श्रेष्ठको उक्त प्लाजामा होटल बरन्डासहित एउटा सिनेमा हल सञ्चालनमा थियो । यसैगरी लक्ष्मी सनराइज बैँक, ठूला इलेक्ट्रोनिक्स पसल, मोबाइल पसललगायत सञ्चालनमा छन् ।

Advertisement

आगलागीको कारण खुल्न बाँकी रहेको र क्षतिको विवरण खुल्न बाँकी रहेको एसपी तिम्सिनाले जानकारी दिए । विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीको अनुमान छ । उद्धारमा खटिएका ७ जना सुरक्षाकर्मी सामान्य घाइते भएका छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!