विराटनगर । सुनसरीको इटहरीमा रहेको ९ तले व्यापारिक भवन सेन्ट्रल प्लाजाको आगलागी अझै नियन्त्रणमा आएको छैन । आज बिहान ९ः३० बजेबाट सुरु भएको आगो नियन्त्रणको प्रयास जारी छ ।
पूर्णरूपमा आगो नियन्त्रणमा आउन बाँकी रहेको प्रहरीले जनाएको छ । आगो नियन्त्रणका लागि १२ वटा दमकल प्रयोग गरिएको छ ।
आगलागीमा पसेकाहरूलाई सेनाको हेलिकोप्टर मार्फत उद्धार गरिएको छ । इटहरी उपमहानगरपालिका-६ मा रहेको सेन्टर प्लाजाको पाँचौँ तलामा आगो लागेको हो । आगलागीको कारण खुल्न बाँकी छ ।