
संखुवासभा । संखुवासभाबाट १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा खाँदबारी नगरपालिका-८ का २५ वर्षीय नवराज कट्टेल छन् ।
उनलाई आइतबार बिहान पक्राउ गरिएको प्रहरीले जनाएको छ । बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।