निर्माण व्यवसायी सङ्गठन कोशीको अध्यक्षमा छिरिङ
धनकुटा । नेपाल राष्ट्रिय निर्माण व्यवसायी सङ्गठन कोशी प्रदेशको अध्यक्षमा छिरिङ लामा चयन भएका छन् । सोमबार भएको सङ्गठनको प्रथम अधिवेशनले लामालाई अध्यक्षमा चयन गरेको हो ।
लामाको नेतृत्वमा ३० सदस्यीय कार्यसमितिमा चयन भएको छ । सङ्गठनको उपाध्यक्षमा सिताराम तामाङ, रविन तामाङ, मनोज राई र उमेशचन्द्र राई चयन भएका छन् । त्यसैगरी महासचिवमा सन्जोग राई र कोषाध्यक्षमा विन्देश चौधरी चयन भएका छन् ।
नवनिर्वाच...































