संगालोखबर

विराटनगर । सीएनआई वाईईएफ कोशी प्रदेशले स्थापना गरेको इनक्युबेशन सेन्टर उद्घाटन गरिएको छ । नवप्रवर्तन र उद्यमशीलताको प्रवर्द्धन गर्न इनक्युबेशन सेन्टर सञ्चालन गरिएको हो ।

Advertisement

विराटनगरको वरगाछीस्थित सीएनआई कोशीको कार्यालयमा स्थापना गरिएको सो इनक्युबेशन सेन्टरको सोमबार पूर्व रक्षामन्त्री हरि उप्रेतीले उद्‌घाटन गरेका छन् । कार्यक्रममा सीएनआईका केन्द्रीय उपाध्यक्ष भीम घिमिरे, सीएनआई कोशीका अध्यक्ष पवन सारडा, सीएनआई वाईईएफ कोशीका अध्यक्ष मुनन रिजाल लगायत सहभागि थिए ।

सो अवसरमा बोल्दै पूर्वमन्त्री उप्रेतीले उद्यमशील युवाहरूलाई सशक्त बनाउन यस्ता इनक्युबेशन सेन्टरहरूको भूमिका महत्वपूर्ण हुने बताए । उनले स्वदेशमै रोजगारी र अवसर सिर्जना गर्न युवाहरूको नवप्रवर्तनशील सोचलाई संस्थागत गर्न इनक्युबेशन सेन्टर प्रभावकारी हुने विश्वास व्यक्त गरे ।

इनक्युबेशन सेन्टरमा उद्यम सुरु गर्न चाहने नव उद्यमीहरूलाई आवश्यक तालिम, सल्लाह, नेटवर्किङ, सहकार्यको प्लेटफर्म र सुरुवाती चरणमा सहयोग प्रदान गरिनेछ । यो केन्द्रबाट प्रदेशभरिका युवा उद्यमीहरूलाई एकीकृत र सक्षम बनाउने लक्ष्य राखिएको विराटनगरका युवा उद्यमी धड्कन कटेलले जानकारी दिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!