
विराटनगर । नेपालका प्रधानमन्त्री बालेन शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा अयोध्या-जनकपुर रेल सेवाको उद्घाटन गरेका छन् ।
भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री शाह र भारतीय समकक्षी मोदीले आज नयाँदिल्लीबाट भर्चुअल माध्यममा रेल सेवाको शुभारम्भ गरेका हुन् ।
यसले रामको जन्मभूमि मानिने भारतको अयोध्या र सीताको जन्मभूमि मानिने नेपालको जनकपुरधामलाई सिधा रेलमार्फत जोड्नेछ ।
यो रेल सातामा एक पटक जनकपुरबाट अयोध्या र एक पटक अयोध्याबाट जनकपुर आउनेछ । नियमित व्यावसायिक सेवा नोभेम्बर २८ देखि सुरु गर्ने तालिका छ ।

संगालोखबर 



















