विराटनगर । विराटनगर विमानस्थलबाट अन्तरप्रदेश उडान थालिने भएको छ । आज कोशी प्रदेश सभामा प्रदेशको आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले यस्तो जानकारी दिएका हुन् ।
यो विषय कार्यान्वयन भए विराटनगरबाट अन्य प्रदेशमा रहेको विमानस्थलहरुमा पनि उडान सुरु हुनेछ । यसले हवाई यात्रामार्फत अन्य प्रदेशमा जान सहज हुनेछ ।