सन्तोष सुवेदी/संगालोखबर

धनकुटा । उपभोक्ता ठगिनबाट जोगाउँन धनकुटामा आजबाट ढक तराजुसहितका नापतौल सामग्रीको जाँच गर्न सुरु गरिएको छ । गुणस्तर तथा नापतौल कार्यालय विराटनगरसँग समन्वय गरेर उद्योग वाणिज्य सङ्घ धनकुटाले घुम्ती शिविर आयोजना गरी ढक तराजु दर्ता तथा नवीकरण थालेको हो ।

Advertisement

व्यापारीहरूले प्रयोग गर्ने ढक, तराजु, लिटर, मिटर लगायत नापतौलका सामग्री सही भए/नभएको शिविरमा यकिन गरिनेछ । चार दिनसम्म चल्ने शिविरको पहिलो दिन धनकुटा बजार क्षेत्रका व्यापारीहरूको नापतौल सामग्री जाँच गरिएको छ ।

अब, सिधुवा, पाख्रीवास, हिले, मूलघाट, भेडेटार लगायत बजारहरूमा पनि नापतौल सामग्रीको परीक्षण गरिने धनकुटा उद्योग वाणिज्य सङ्घका अध्यक्ष विजयसन्तोषी राईले जानकारी दिए ।

कतिपय व्यापारीहरूले अनुमति नलिई नापतौल सामग्री प्रयोग गरेको भेटिएको छ ।

त्यस्ता व्यवसायीलाई ढक काटा नवीकरण गराउन आग्रह गर्ने र अटेर गरे कारबाही गरिने गुणस्तर तथा नापतौल कार्यालय विराटनगरकी निरीक्षक मनिषा राईले जानकारी दिइन्  ।

भिडियो…

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!