कोशी लगानी सम्मेलन : स्वास्थ्य पूर्वाधारमा लगानी बढाउनुपर्नेमा जोड
विराटनगर । कोशी प्रदेश लगानी सम्मेलनको दोस्रो दिन आज स्वास्थ्य पूर्वाधार, चुनौती र सम्भावनाबारे विचार-विमर्श भएको छ । शिलापत्रका सम्पादक योगेश ढकालले डा. भगवान कोइराला, डा. ज्ञानेन्द्रमान सिंह कार्की, कोशी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. रुना झा र विजयपुर अस्पतालका अध्यक्ष पङ्कज खतिवडासँग संवाद गरेका हुन् ।
डा. कोइरालाले न्यूनतम स्वास्थ्य सेवा सबैको पहुँचमा पुर्याउनुपर्ने जोड दिए । १४ हज...































