विराटनगर । मोरङको कानेपोखरी गाउँपालिका-७ मा मोटरसाइकल दुर्घटना हुँदा प्रहरी सहायक हवल्दारको मृत्यु भएको छ । प्रहरीका अनुसार मोरङको बेलबारी-४ घर भई इलाममा कार्यरत सहायक हबल्दार ३१ वर्षीय जितेन्द्र चौधरीको मृत्यु भएको हो ।
शनिबार राति ८ बजे पथरीबाट कानेपोखरीतर्फ आउँदै गरेको प्र १-०२-०४३ प २४७१ नम्बरको मोटरसाइकल डाँस खोला पुलको डाइभर्सनमा दुर्घटना भएको थियो ।
दुर्घटनामा गम्भीर घाइते चौधरीको मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर उर्लाबारीमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा उनकी श्रीमती प्रहरी चौकी जमुना इलाममै कार्यरत २६ वर्षीया प्रहरी जवान विमला धिमाल चौधरी र दुई वर्षीय छोरा जेसन चौधरी गम्भीर घाइते छन् ।
उनीहरूको विराटनगरस्थित नोबेल अस्पतालमा उपचार भइरहेको छ । मोटरसाइकलको तीब्र गतिका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।