संगालोखबर
तस्बिर : एआईको सहयोगमा

विराटनगर । मोरङको ग्रामथान गाउँपालिका-५ तेतरियामा तीन जना सवार मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकलको पछाडि सवार ग्रामथान-४ का २२ वर्षीय सुरज सरदार छन् ।

आइतबार राती करिब १०ः३० बजे भएको दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि विराट नर्सिङ होम पठाइएकोमा करिब ११ः२५ चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जनाएको छ ।

Advertisement

दुर्घटनामा मोटरसाइकल चालक सोही स्थानका २० वर्षीय दिवेश सरदार र बीचमा सवार १९ वर्षीय राजु उराव समान्य घाइते भएका छन् । उनीहरूलाई उपचारका लागि विराट नर्सिङ होम ल्याइएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार विराटचोकबाट विराटनगरतर्फ आउँदै गरेको को ३३ प ६८१६ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर निर्माणधीन पक्की सडकमा दुर्घटना भएको हो ।

निर्माणाधीन सडकका कारण मोटरसाइकल दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!