संगालोखबर


धनकुटा । पूर्वी पहाडी जिल्लामै पहिलो पटक धनकुटामा आजबाट सवारी साधनमा टाइम कार्ड लागू गरिएको छ । सवारी दुर्घटना बढ्दै गएपछि त्यसलाई न्यूनिकरण गर्न भाडाका यात्रुबाहक सवारी साधनमा टाइम कार्ड लागू गरिएको हो ।

गत जेठ ९ गते बसेको सरोकारवालाहरूको बैठकले दुर्घटनाको तथ्याङ्क विश्लेषण गरेर त्यसलाई कम गर्न टाइम कार्ड लगाउनु उपयुक्त हुने निष्कर्ष निकालेको थियो । सोही अनुसार आज भेडेटारमा आयोजित कार्यक्रममा साँगुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्दाली र प्रमुख जिल्ला अधिकारी टुवराज पोख्रेलले सवारी चालकलाई टाइम कार्ड हस्तान्तरण गरेर यो नियमलाई औपचारिकता दिएका छन् ।

Advertisement

टाइम कार्ड अनुसार भेडेटारदेखि मुलघाटसम्म १७ किलोमिटर दूरीका लागि ४० मिनेट समय तय गरिएको छ । यस्तै मुलघाट-धनकुटा १८ किलोमिटरमा ४० मिनेट समय तोकिएको छ । यता, धनकुटा-हिले १३ किलोमिटर सडकमा ३० मिनेट, हिले-लेगुवा २६ किलोमिटर सडकमा ५५ मिनेट र हिले-सिधुवा १२ किलोमिटर सडकमा २५ मिनेट समय निर्धारण गरिएको छ ।

सवारी साधन तीव्र गतिमा हुईकाउँदा दुर्घटना बढी हुने गरेको छ । अब, टाइमकार्ड लागू भएको क्षेत्रमा तोकिएको समय भन्दा छिटो दूरी पार गर्न पाइने छैन । सोही कारण सवारी साधनको गति कम भएर दुर्घटना न्यूनिकरण हुने अपेक्षा गरिएको धनकुटाका प्रहरी प्रमुख एसपी शरतकुमार थापा क्षेत्री बताउँछन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!