संगालोखबर
सांकेतिक तस्वीर

विराटनगर । कोशीका तीन जिल्लाबाट लागूऔषधसहित पाँच जना पक्राउ परेका छन् । सोमबार मोरङ, झापा र उदयपुरका विभिन्न स्थानबाट प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

विराटनगर-१६ हुलास चोकबाट लागूऔषध नियन्त्रण ब्युरो विराटनगरको प्रहरी टोलीले कोशी गाँउपालिका-३ का ३५ वर्षीय श्याम कुमार यादवलाई पक्राउ गरेको छ । उनको साथबाट एक ग्राम ५१० मिलिग्राम ब्राउन सुगर बरामद भएको प्रहरीले जनाएको छ ।

Advertisement

झापाको भद्रपुर नगरपालिका-४ डाँगीबारीबाट बिर्तामोड नगरपालिका-४ अनारमनीका ४२ वर्षीया अन्जु मण्डल र बिर्तामोड नगरपालिका-१ सुर्यनगर का २४ वर्षीय अशारु चौधरी दुई ग्राम ४० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ परेका छन् ।

यसैगरी उदयपुरको त्रियुगा नगरपालिका-११ बाट त्रियुगा-१० का २३ वर्षीय रोनिस दाहाल र १८ वर्षीय बसन्त मोते पक्राउ परेका छन् । उनीहरूको साथबाट ट्रामोल ५५ क्याप्सुल र तत्काल नाम नखुलेको औषधी ३२ क्याप्सुल बरामद भएको प्रहरीले जनाएको छ ।

उनीहरूका सम्बन्धमा सम्बन्धित प्रहरी कार्यालयबाट आवश्यक अनुसन्धान भइरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!