
विराटनगर । मोरङको बेलबारी नगरपालिका-५ सोमबारेमा सर्पले डस्दा बालिकाको मृत्यु भएको छ । आज दिउँसो सर्पले डस्दा ८ वर्षीया सन्ध्या रायमाझीको मृत्यु भएको हो ।
दिउँसो ४ बजेतिर सर्पले डसेर गम्भीर घाइते भएकी बालिकालाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।
प्रहरीका अनुसार घरमै सुतिरहेको अवस्थामा बालिकालाई सर्पले डसेको थियो । तर कुन प्रजातिको सर्पले डसेको भन्ने यकिन नभएको प्रहरीले जनाएको छ ।