संगालोखबर

धनकुटा । लोक सेवा आयोगको ७५ औँ वार्षिकोत्सव एवम् हीरक जयन्तीका अवसरमा धनकुटामा हाजिरीजबाफ प्रतियोगिता र वृक्षरोपण गरिएको छ । लोक सेवा आयोग धनकुटाले माध्यमिक विद्यालयस्तरीय हाजिरीजबाफ प्रतियोगिता आयोजना गरेको हो ।

Advertisement

प्रतियोगितामा गोकुण्डेश्वर बालमन्दिर माध्यमिक विद्यालय प्रथम, जनकल्याण माध्यमिक विद्यालय मार्गा द्वितीय र गोकुण्डेश्वर माध्यमिक विद्यालय सिरानबजार तृतीय भएका छन् ।

त्यस्तै, भाषा माध्यमिक विद्यालय कागते र त्रिवेणी माध्यमिक विद्यालय चुलिबनले सान्त्वना स्थान हासिल गरेका छन् ।

यसैबीच, वार्षिकोत्सव एवम् हीरक जयन्तीकै अवसर पारेर लोक सेवा आयोग धनकुटा कार्यालय परिसरमा कर्मचारीहरूले वृक्षारोपण गरेका छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!