एमाले कोशी प्रदेश कमिटीद्वारा १३ बुँदे आचारसंहिता जारी
विराटनगर । नेकपा एमाले कोशी प्रदेश कमिटीले १३ बँदे आचारसंहिता जारी गरेको छ । शनिबार बसेको प्रदेश कमिटी बैठकले १३ बुँदे आचारसंहिता जारी गरेको आज पत्रकार सम्मेलन मार्फत जानकारी गराएको हो ।
प्रदेश कमिटीले पार्टीको निती विधि, विधान, पद्धति र संस्थागत प्रणालीभन्दा बाहिर जान र कुनैपनि कार्य गर्न नहुने, गुटबन्दीपूर्ण गतिविधि र क्रियाकलाप वा कुनै पनि त्यस प्रकारका भेला, बैठकहरू गर्ने काम गर्न नपाइने ल...































