संगालोखबर


विराटनगर । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ३५ अर्ब ८७ करोड ९९ लाख बजेट ल्याएको छ । आज प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले बजेट सार्वजनिक गरेका हुन् ।

कृषि सम्बद्ध व्यवसाय विस्तारका लागि अधिकतम किसानको पहुँच पुग्ने गरी बैंक वित्तीय संस्था तथा सहकारी मार्फत उपलब्ध कृषि कर्जामा ब्याज अनुदानका लागि १४ करोड रकम विनियोजन भएको छ ।

Advertisement

यस्तै मनमोहन प्राविधिक विश्वविद्यालयको संरचनागत तथा व्यवस्थापकीय सुधार र चिकित्सा विज्ञान लगायत विषयमा अध्ययन अध्यापन तथा अनुसन्धानका लागि १४ करोड रुपैयाँ विनियोजन भएको छ ।

पर्यटन, वातावरण तथा वनलाई २ अर्ब ९७ करोड ६६ लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!