संगालोखबर
सांकेतिक तस्वीर

धनकुटा । धनकुटामा आज चट्याङ लागेर एक जना वृद्ध घाइते भएका छन् । गोरु र पाडो मरेका छन् । राती करिब ८ः३० बजे चट्याङ पर्दा पाख्रीवास नगरपालिका-७ देउरालीका ७० वर्षीय सूर्यबहादुर बस्नेत घाइते भएका हुन् ।

घरमै बसिरहेका बेला परेको चट्याङले लागेर बस्नेतको शरीरको दाहिने भागमा चोट लागेको धनकुटाका प्रहरी प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिए । स्थानीय स्वास्थ्य संस्थामा उनको उपचार भइरहेको छ ।

Advertisement

चट्याङ लाग्दा बस्नेतको एउटा गोरु र पाडो मरेको छ । गोठमै बाँधिरहेका बेला चट्याङ पर्दा दुई वटै चौपाया मरेको प्रहरीले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!