संगालोखबर

विराटनगर । मोरङबाट प्रतिनिधित्व गर्ने सङ्घीय सांसद ऋषिकेश पोखरेललाई पितृशोक परेको छ ।

Advertisement

प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिका सभापतिसमेत रहेका पोखरेलका पिता रामचन्द्रको ८८ वर्षको उमेरमा आज साँझ करिब ६ः१५ बजे निधन भएको हो ।

अचानक बिरामी परेका उनको विराटनगर-८ मधुमारास्थित निवासमै निधन भएको परिवार स्रोतले जनाएको छ । ऋषिकेश आज बिहान काठमाडौँ गएका थिए ।

उनी परिवारका जेठो छोरा हुन् । परिवारमा रामचन्द्रका दुई छोरा र दुई छोरी छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!