संगालोखबर


धनकुटा । धनकुटाबाट गाँजा मुद्दाका फरार अभियुक्त पक्राउ परेका छन् । फरक-फरक तीन वटा गाँजा मुद्दामा अदालतबाट पक्राउ पुर्जी जारी भएर फरार रहेका सहिदभूमि गाउँपालिका-६ आँखिसल्लाका ३८ वर्षीय डम्बर राई पक्राउ परेका हुन् ।

उनलाई बुधबार साँझ करिब ६ः३० बजे धनकुटा नगरपालिका-६ बाघेखोला स्थित कोशी लोकमार्गबाट नियन्त्रणमा लिइएको धनकुटा प्रहरीका प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिए ।

Advertisement

फरार अभियुक्त नियन्त्रणका लागि खटिएको विशेष टोलीले प्रदेश १-०६-००१ च ००१८ नम्बरको कारमा धरानबाट धनकुटातर्फ आउँदै गरेको अवस्थामा राईलाई नियन्त्रणमा लिइएको खनालको भनाइ छ ।

२०८० चैत २५ गते साँगुरीगढी गाउँपालिका-६ भेडेटारबाट को १ ख ३२९४ नम्बरको मिनिट्रकमा १८ बोरामा पाँच सय ४४ किलो ओसार-पसारमा उनको संलग्नता पाइएको थियो ।

यस्तै २०८० बैशाख २९ गते मूलघाटमा को १ ख ३३६७ नम्बरको मिनिट्रकमा लोड भएको १७ बोरामा पाँच सय १० किलो र उनले नै सञ्चालन गरेको सहिदभूमि-६ मार्गा स्थित फर्निचर व्यवसायको टहरोमा दुई किलो गाँजा बरामद भएको थियो ।

यी तीनवटै घटनामा उनको संलग्नता पाइएपछि अदालतले पक्राउ पुर्जी जारी गरेको थियो । उनीविरुद्ध आज अदालतबाट म्याद थप गरि अनुसन्धान सुरु गरिने डीएसपी खनालले जानकारी दिए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!