
विराटनगर । सुनसरीको धरान उपमहानगरपालिका-१५ स्थित सेउती पुलनजिकै अटोले ठक्कर दिँदा महिलाको मृत्यु भएको छ ।
महादेव चोकबाट देउरालीतर्फ जाँदै गरेको प्रदेश १-०२-००३ ह ३७५ नम्बरको अटोले ठक्कर दिँदा ६० वर्षीय उषा तामाङको मृत्यु भएको हो । प्रहरीका अनुसार सोमबार साँझ पैदल हिँडिरहेकी उनलाई अटोले ठक्कर दिएको थियो ।
दुर्घटनामा घाइते भएकी उनलाई उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा लगिएकोमा उपचार सम्भव नभएपछि थप उपचारका लागि विराट टिचिङ अस्पताल ल्याइएको थियो ।
उनको उपचारका क्रममा राति करिब साढे नौ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ । अटो चालक धरान-१५ का ३२ वर्षीय पासाङ शेर्पालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।