
विराटनगर । इलाममा पिकअप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य दुई जना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा झापाको खुदुनाबारी घर भई इलामको देउमाई नगरपालिका-९ नवमी बजारमा व्यवसायी गरी बस्ने ३८ वर्षीय विष्णु पराजुली छन् ।
गम्भीर घाइते भएका उनलाई उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर ल्याउने क्रममा राती ९ः३० बजे बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा उनकै छोरी ८ वर्षीया प्रेयसा पराजुली र चालक इलाम देउमाई नगरपालिका-९ जितपुरका २२ वर्षीय आइत बहादुर लिम्बु गम्भीर घाइते भएका छन् । उनीहरूको बीएण्सी अस्पताल बिर्तामोडमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
बिर्तामोडबाट मंगलबारेतर्फ जाँदै प्र १ ०१ ००१ च ९७७८ नम्बरको पिकअप आइतबार साँझ करिब ५ बजे इलाम नगरपालिका-११ आले स्थित भित्री सडक खण्डमा दुर्घटना भएको हो ।
पिकअप सडकबाट अन्दाजी १५० मिटर तल खसेको छ । यान्त्रिक गडबडीका कारण अनियन्त्रित भएर पिकअप दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।