संगालोखबर


धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका-६ भेडेटारबाट १० किलो गाँजासहित इभी गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा धनकुटा नगरपालिका-९ बेलहराका २० वर्षीय बालकृष्ण मगर छन् ।

आज बिहान करिब ७ बजे चेकजाँचका क्रममा धनकुटाबाट बिर्तामोडतर्फ जाँदै गरेको प्र १-०२-००१ ज ४५२७ नम्बरको इभी गाडीमा गाँजा फेला परेको हो ।

Advertisement

धनकुटा प्रहरीका प्रवक्ता डीएसपी ओमप्रकाश खनालका अनुसार इभी गाडीको सिटमुनि जेब्रा झोलामा लुकाएर राखेको अवस्थामा गाँजा फेला परेको थियो । गाँजा कसको हो भनेर खुल्न बाँकी रहेको उनले बताए ।

गाँजासहित इभी गाडी र चालक मगरलाई थप अनुसन्धानका लागी जिल्ला प्रहरी कार्यालय धनकुटामा राखिएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!