संगालोखबर

विराटनगर । अत्यधिक गर्मी बढेपछि विराटनगरसहित कोशी प्रदेशको तराई क्षेत्रका धेरै विद्यालयहरू बन्द गरिएको छ । गर्मीका कारण विराटनगर, इटहरी, इनरुवा लगायत क्षेत्रका विद्यालयहरू बन्द गरिएको हो । कतिपय स्थानमा दिउँसोको सट्टा बिहान कक्षा सञ्चालन गर्न थालिएको छ ।

Advertisement

केही दिनयता तराई क्षेत्रको तापक्रम ४० डिग्री सेल्सियससम्म पुग्न थालेपछी जनजीवन प्रभावित भइरहेको छ । गर्मीका कारण पठनपाठन गर्न कठिनाई भएपछि विराटनगर महानगरपालिकाले नगर क्षेत्रका सम्पूर्ण विद्यालयहरू बुधबारदेखि शुक्रबारसम्म तीन दिन बन्द गराएको छ ।

गर्मीले विद्यार्थीहरूको स्वास्थ्यमा असर परेको भन्दै सुनसरीको इटहरी उपमहानगरपालिका क्षेत्रका विद्यालयहरू पनि बुधबार एक दिन बिदा दिइएको छ । इनरुवा नगरपालिकाले पनि विद्यालय बन्द गरेको छ ।

यता, सुनसरीको कोशी गाउँपालिकाले गर्मी छलेर पठनपाठन गराउने उपाय निकालेको छ । गर्मीका कारण दिउँसो कक्षा सञ्चालन गर्न नसकिने भएपछि दिउँसोको सट्टा बिहान कक्षा सञ्चालन गर्न थालिएको छ ।

बिहीबारसम्म तापक्रम बढ्ने भएकाले सतर्कता अपनाउन मौसमविद्को सुझाव छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!