
विराटनगर । तमोर नदीमा बेपत्ता किशोरको शव फेला परेको छ । पौडी खेल्न गएका बेला बेपत्ता भएका १६ वर्षीय शिशिर राईको शव नदी किनारमा भेटिएको हो ।
प्रहरीका अनुसार पाँचथरको फालेलुङ गाउँपालिका-७ भालुखोप घर भएर उनी फिदिम बजारमा बस्दै आएका थिए । उनी जेठ २४ गते पाँचथर र तेह्रथुमको सीमावर्ती तमोर नदीबाट पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए ।
उनको खोजी भइरहेकोमा बुधबार साँझ शव भेटिएको पाँचथर प्रहरीले जनाएको छ । कानुनी प्रक्रिया पुरा गरेर शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल पाँचथरमा राखिएको छ ।