बुढीगंगामा मोटरसाइकलको ठक्करबाट प्रिमियर वायरका सेक्युरिटी गार्डको मृत्यु
विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका–४ स्थित राजमार्गमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुँनेमा भोजपुरको अरुण गाउँपालिका–५ का २६ बर्षीय राम श्रेष्ठ छन् ।
गएराती साढे ८ बजे सडक पार गर्दै गरेको अवस्थामा श्रेष्ठलाई प्रदेश १–०२–०४१ प १४१४ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो । मोटरसाइकको ठक्करबाट घाइते भएका उनलाई उपचारका लागि विराट मेडिकल कलेज लगिएको थियो । उपचारकै क्रममा उनको...





























