- संगालोखबर सम्बाददाता
फायल तस्बीर

मोरङ । मोरङको बेलबारी नगरपालिका–११ मा आज मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बेलबारी–१० का ३१ वर्षीय कुसुमलाल धिमाल छन् ।

दिउँसो करिव सवा १२ बजे को २० प ७७५२ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालकसहित मोटरसाइकलको पछाडि सवार पथरीशनिश्चरे नगरपालिका–६ का २८ वर्षीय रमेश धिमाल घाइते भएका थिए ।

Advertisement

उनीहरुलाई उपचारका लागि विराटनगरस्थित नोबेल शिक्षण अस्पताल पठाइएको थियो । उपचारकै क्रममा कुसुमलालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!