सप्तकोसीले धार बदल्यो, चार हजार घर उच्च जोखिममा
उदयपुर । शुक्रबारदेखिको अविरलको वर्षासँगै आएको बाढीपछि सप्तकोसी नदीले धार बदलेको छ । नदीको धार बदलिएसँगै चार हजार घर नदी कटान तथा डुबानको उच्च जोखिममा परेको छन् ।
सप्तकोसीको सम्भावित कटान र डुबान रोक्न सशस्त्र प्रहरी बलले बाँध निर्माणलाई तिव्रता दिएको छ । नदीको धार गाउँतिर सोझिँदा बेलका नगरपालिकाका चार वडाका एक दर्जनभन्दा बढी बस्ती उच्च जोखिममा परेको छन् । नदी गत वर्षदेखि पश्चिमपट्टि ...





























