- संगालोखबर सम्वाददाता
सांकेतिक तस्वीर

संखुवासभा । संखुवासभामा आगोले जलेर आज एक बृद्धाको मृत्यु भएको छ । मृत्यु हुँनेमा चैनपुर नगरपालिका–११ की ८६ बर्षीया मनमाया मगर छिन् ।

घरमा एक्लै बस्दै आएकी बृद्धले चुलोमा आगो सल्काउने क्रममा आफैले लगाएको चोलोमा आगो सल्किएको थियो । बिहान करिव ७ बजे जलेर गंभीर घाइते भएको अवस्थामा उनलाई आफन्तले फेला पारेर उपचारका लागि अस्पताल ल्याएका थिए ।

उपचारकै क्रममा जिल्ला अस्पताल खाँदबारीमा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!