- संगालोखबर सम्बाददाता
फाइल तस्वीर

सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका–१ को बाघ खोलाले टेम्पो बगाउँदा एक जनाको मत्यु भएको छ । मृत्यु हुँनेमा बराहक्षेत्र–१ की १७ बर्षीया स्टिफिना राई छिन् ।

गएराती पौने ८ बजे चतराबाट धरानतर्फ आउँदै गरेको को २ ह ८९८५ नम्बरको टेम्पोलाई बाढी आएको बाघ खोलाले बगाउँदा टेम्पोमा सवार राई र चालक धरान–१७ का २२ बर्षीय राजु राई बेपत्ता भएका थिए ।

टेम्पोलाई खोलाले बगाएको जानकारी पाएपछि ईलाका प्रहरी कार्यालय चतराबाट खटिएको टोलीले खोजतलास थालेको थियो । सोही क्रममा स्टिफिना मृत अवस्थामा फेला परेकी हुन् । चालक भने घाइते अवस्थामा फेला परेका छन् । उनलाई उपचारका लागि धरान पठाइएको ईलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!