- संगालोखबर सम्वाददाता
फायल तस्बीर

तेह्रथुम । तेह्रथुममा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुई जना घाइते छन् ।

गएराती लसुनेबाट वसन्तपुरतर्फ आउँदै गरेको प्रदेश–१ ०२००३ त नम्बरको ट्याक्टर जिरो प्वाइन्टमा दुर्घटना भएको हो । दुर्घटनामा लालीगुराँस नगरपालिका–७ सुङनामकी ४६ वर्षीया पवित्राकुमारी मगरको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ ।

Advertisement

त्यस्तै सोही स्थानका ट्याक्टर चालक २२ वर्षीय जयन्तकुमार लिम्बु र २२ वर्षीय ललितकुमार मगर घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!