- संगालोखबर सम्बाददाता
सांकेतिक तस्वीर

विराटनगर, ९ असार । बिराटनगर महानगरपालिका–१२ बखरीमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुँनेमा स्थानीय ३३ बर्षीय सुनिता चौधरी माझी छन् ।

बुधवार दिउँसो २ बजे को १ ह ३०३ नम्बरको सिटी सफारी चार्ज गर्ने क्रममा उनलाई करेन्ट लागेको हो । करेन्ट लागेर घाइते भएकी माझीलाई उपचारका लागि कोशी अस्पताल लगिएको थियो ।

Advertisement

उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!