- संगालोखबर सम्वाददाता
सांकेतिक तस्वीर

संखुवासभा । संखुवासभाको धर्मदेवी नगरपालिका–५ मा रहेको मायाखोला हाईड्रो पावरमा काम गर्ने क्रममा करेन्ट लागेर घाइते भएका ईन्जिनियरको मृत्यु भएको छ । करेन्ट लागेर घाइते भएका पोखरा महानगरपालिका–१२ का ३९ बर्षीय रोमन कुमार चन्दको उपचारका क्रममा मृत्यु भएको हो ।

मंगलवार बिहान हाईड्रोपावरभित्र रहेको ट्रान्सफर्मर मर्मत गर्ने क्रममा करेन्ट लागेर उनी घाइते भएका थिए । उनलाई उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौं लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

Advertisement
सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!