- संगालोखबर सम्वाददाता
सांकेतिक तस्वीर

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका–१३ स्थित मदन भण्डारी लोकमार्गमा बोलेरो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुँनेमा त्रियुगा–१३ पोर्ताका ५२ बर्षीय कुमार बस्नेत छन् ।

सोमवार साँझ सवा ६ बजे बेल्टारबाट गाईघाटतर्फ आउँदै गरेको बा ९ च ३८४६ नम्बरको बोलेरो अनियन्त्रित भई भित्तामा ठोक्किँदा बोलेरोमा सवार बस्नेत घाइते भएका थिए । उनलाई उपचारका लागि जिल्ला अस्पताल उदयपुर लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको हो ।

Advertisement

बोलेरो र चालक स्थानीय ३७ बर्षीय ईन्द्र चौधरीलाई जिल्ला प्रहरी कार्यालय उदयपुरले नियन्त्रणमा लिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!