- संगालोखबर सम्वाददाता

विराटनगर । दुबईका राजकुमार जुमा अल मोक्तुमले झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई सुनको लौरो उपहार दिएका छन् । तीन दिने भ्रमणका लागि नेपाल आएका राजकुमार मोक्तुमले झापाको चन्द्रगढी विमानस्थलमा प्रसाईंलाई सुनको लौरो उपहार स्वरुप हस्तान्तरण गरेका हुन् ।

Advertisement

श्री एयरलाइन्सको चार्टर्ड विमानमार्फत राजकुमार मोक्तुम चन्द्रगढी विमानस्थल अवतरण गरेका थिए । उनलाई स्वागतका लागि नेकपा एमालेको केन्द्रिय सदस्यसमेत रहेका प्रसाईं विमानस्थल पुगेका थिए । प्रसाईंकै निमन्त्रणामा राजकुमार मोक्तुम नेपाल भ्रमणमा आएको बताइएको छ ।

प्रसाईंले सञ्चालन गरेको बिर्तामोडस्थित बीएण्डसी तथा पुर्वाञ्चल क्यान्सर अस्पतालको पेट सम्बन्धी सीटीस्क्यान मेसिनको राजकुमार मोक्तुमले उद्घाटन गर्ने कार्यक्रम रहेको अस्पतालले जनाएको छ । राजकुमार मोक्तुमले काठमाडौं र पोखराको पनि भ्रमण गर्ने बताइएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!