- सन्तोष सुवेदी/संगालोखबर

धनकुटा । भलिबल संघ धनकुटाको अध्यक्षमा गौरव कार्की निर्वाचित भएका छन् । शनिबार सम्पन्न संघको १४ औं जिल्ला अधिवेशनले कार्कीको अध्यक्षतामा १४ सदस्यीय नयाँ कार्यसमिति निर्माण गरेको हो ।

समितिको उपाध्यक्षमा गणेश पाण्डे र दिनेश सुवेदी, महासचिवमा रविनकुमार लिम्बु र कोषाध्यक्षमा अमृत राई चयन भएका छन् । त्यस्तै समितिको सदस्यहरुमा राष्ट्रमिला राई, जुनु राई, सुवन राई, सुरज लिम्बु, पदम भट्टराई, सुविन राई, विशेश्वर तिम्सिना, यमबहादुर पौडेल र झमक श्रेष्ठ चयन भएका छन् ।

नवनिर्वाचित कार्यसमितिले खेलाडीको क्षमता विकासका लागि कार्य योजना बनाएर अघि बढ्ने अध्यक्ष कार्कीले बताए । उनका अनुसार संघले खेलाडी उत्पादन गर्ने उदेश्यले विभिन्न प्रतियोगिता पनि सञ्चालन गर्नेछ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!