संगालोखबर सम्वाददाता
सांकेतिक तस्वीर

सुनसरी । सुनसरीको दुहवी नगरपालिका–३ विद्युत कार्यालय नजिकै आज टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा भारत घर भइ दुहवी नगरपालिका–२ स्थित एक घरमा काम गर्न बसेकी ४० बर्षीया चन्द्रकला देवी विश्वकर्मा छिन् ।

बिहान ९ बजे  प्रदेश नम्बर २-०३-००१ ख २१०१ नम्बरको टिपरको ठक्करबाट घटनास्थलमै विश्वकर्माको मृत्यु भएको हो । दुर्घटनामा संलग्न टिपरसहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Advertisement
सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!