- संगालोखबर सम्वाददाता

विराटनगर । मोरङका दुई छुट्टाछुट्टै स्थानमा पानीमा डुबेर दुई जनाको मृत्यु भएको छ । मोरङको जहदा गाउँपालिकामा बृद्धा र रतुवामाई नगरपालिकामा वालकको मृत्यु भएको हो । जहदा–४ की ६५ बर्षीया बुधियादेवी मुखिया शनिवार बिहान घर नजिकैको माछा पोखरीमा मृत भेटिएकी हुन् ।

उनी माइत जान्छु भनेर घरवाट हिडेकी थिइन् । पोखरीमा मृत फेला परेको जानकारी पाएपछि ईलाका प्रहरी कार्यालय पोखरीयाबाट प्रहरी टोली घटनास्थल गएर शवलाई पोष्टमार्टमका लागि कोशी अस्पताल ल्याइएको छ ।

Advertisement

यता, रतुवामाई–१ मुस्लिमटोलमा कलको पानी जमेको खाल्डोमा डुबेर स्थानीय साकिर आलमका २ बर्षीय छोरा जासिद मियाको मृत्यु भएको छ । शनिवार साँझ साढे ५ बजे खाल्डोमा डुबेर उनको मृत्यु भएको हो । दुवै घटनाको बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!