- संगालोखबर सम्वाददाता

विराटनगर । सम्पर्कविहीन भएको चार दिनपछि विराटनगरका दिदी-भाइ आज बिहान घर आइपुगेका छन् । विराटनगर–८ जयनेपाल चौककी १८ वर्षीया प्रतिमा घिमिरे र उनका भाइ २ वर्षका प्रसिद्ध गत मंगलबार दिउँसोदेखि परिवारसँग सम्पर्कविहीन भएका थिए ।

उनीहरु आज बिहान साढे ४ बजे घर आइपुगेको फुपु किरण रिमालले जानकारी दिइन् । ‘चारदिनपछि उनीहरु आफै घर आइपुगे, यत्रो दिनसम्म कहाँ थिए भन्ने पत्तो लागेकै छैन,’ रिमालले संगालोखबरसँग भनिन्, ‘सोधिखोजी गर्दा बोल्न मानिरहेका छैनन् ।’ चारदिनसम्म बेपत्ता हुनु र एकाबिहानै बालबालिका घर आइपुग्नुलाई रहस्यमय हिसाबले हेरिएको छ । उनीहरु कहाँ थिए, आफै आए वा कसैले ल्याएर छोडिदियो भन्ने खुलेको छैन ।

उनीहरु बेपत्ता भएपछि परिवार, आफन्त र प्रहरीले खोजी गरिरहेको थियो । भारततर्फ लगिएको हुनसक्ने आशङ्कामा प्रहरीले उनीहरूको खोजतलासलाई तिव्रता दिएको थियो । खोजतलासका लागि प्रहरी टोली भारतका विभिन्न स्थानमा पुगेको भएपनि उनीहरु अचानक घरमै आइपुगेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले बताए ।

उनीहरूलाई अहिले जिल्ला प्रहरी कार्यालयमा ल्याएर सोधपुछको काम भइरहेको छ । बालबालिकाहरू बोल्न नमानेकाले घटनाको रहस्य पत्ता लाग्न समस्या भएको प्रहरीले जनाएको छ ।

अपडेट…

विराटनगरका दिदी-भाइ बेपत्ता घटना रहस्यमय: डराएर बोल्नै मान्दिनन् बालिका, अनुसन्धानमा समस्या

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!