- संगालोखबर सम्वाददाता
फायल तस्बीर

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका–४ स्थित राजमार्गमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुँनेमा भोजपुरको अरुण गाउँपालिका–५ का २६ बर्षीय राम श्रेष्ठ छन् ।

गएराती साढे ८ बजे सडक पार गर्दै गरेको अवस्थामा श्रेष्ठलाई प्रदेश १–०२–०४१ प १४१४ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो । मोटरसाइकको ठक्करबाट घाइते भएका उनलाई उपचारका लागि विराट मेडिकल कलेज लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । प्रहरीका अनुसार श्रेष्ठ बुढीगंगास्थित प्रिमियर वायर फ्याक्ट्रीका सेक्युरिटी गार्ड थिए ।

मोटरसाइकल र चालक इटहरीका विकाश श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!